कोशीमा टुङ्गो लाग्यो भागवण्डा, कसलाई कुन मन्त्रालय ? 

काठमाण्डौँ - कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । मन्त्रिमण्डल विस्तार लगत्तै दिउँसो साढे ४ बजे शपथ ग्रहणका लागि खबर गरी सकिएको विना विभागीय मन्त्री रामबहादुर राना मगरले बताए ।

मुख्यमन्त्री कार्कीसहित एमालेबाट मन्त्रिपरिषदमा ६ र माओवादीबाट ४ जना सहभागी हुने भएका हुन् । मुख्यमन्त्री कार्यालयका अनुसार एमालेबाट एकराज कार्की, लिलाबल्लब अधिकारी र पिके राई मन्त्री बन्ने छन् । यस्तै भोजपुरकी सिर्जना राई राज्यमन्त्री हुने भएकी छिन् ।

माओवादी राजेन्द्र कार्कीको नेतृत्वमा सरकारमा सहभागी हुनेछ । जसमा नारायण बुर्जा मगरसमेत मन्त्री बन्ने छन् । माओवादीकी वन्दना झाँगड राज्यमन्त्री बन्ने भएकी छिन् । एमालेबाट यसअघि राम राना मगर र माओवादीबाट गणेश उप्रेती मन्त्री नियुक्त भएका थिए । दिउँसो ४ः१५ बजे शपथका लागि तयारी हुन खबर आएको एमालेका लिलाबल्लभ अधिकारीले बताए ।

कसलाई कुन मन्त्रालय ? 

१ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय– हिक्मतकुमार कार्की

२ आर्थिक मामिला तथा योजना मन्त्रालय– रामबहादुर मगर

३ स्वास्थ्य मन्त्रालय– राजेन्द्र कार्की

४ सामाजिक विकास मन्त्रालय– पाँचकर्ण राई

५ ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्रालय– एकराज कार्की

६ भौतिक पूर्वाधार बिकास मन्त्रालय– गणेश उप्रेती

७ पर्यटन, वन तथा वातावरण मन्त्रालय– नारायण बहादुर मगर

८ आन्तरिक मामिला तथा कानुन मन्त्रालय– लिलाबल्लभ अधिकारी

९ राज्यमन्त्री, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय– सिर्जना राई

१० राज्यमन्त्री, पर्यटन, वन तथा वातावरण मन्त्रालय– बन्दना झाँगड