विवाह बन्धनमा बाँधिइन गायिका एलिना चौहान

काठमाडौँ । गायिका एलिना चौहान प्रेमी विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिएकी छन् । उनी  लामो समयदेखि प्रेमी विष्णु सापकोटासँग बुधबार परम्परागत रुपमा विवाह बन्धनमा बाधिएकी हुन् ।

एलिना र विष्णुको विवाह समारोह झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा भएको हो । बाग्लुङ निवासी विष्णु विवाहका लागि जन्तीसहित मंगलबार नै झापा पुगेका थिए ।

विष्णु केही समयदेखि अस्ट्रेलिया बस्दै आएका छन् भने एलिना नेपालमै गायनमा क्षेत्रमा सक्रिय छिन् ।