प्रमुख दलबीच प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउने सहमति

 

काठमाडौँ - सभामुखसहित प्रमुख तीन दलको बैठकले चाँडो संवैधानिक परिषदको बैठक बोलाउने सहमति गरेको छ ।

सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा संवैधानिक परिषदको बैठक चाँडै बोलाउने सहमति भएको नेपाली कांग्रेकास नेता रमेश लेखकले जानकारी दिए ।