रास्वपाले मन्त्रीहरूलाई सघाउन विज्ञ समूह बनाउने  

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरूलाई सघाउन सम्बन्धित विषयमा विज्ञता हासिल गरेका र अनुभव भएकाहरूको समूह बनाउने निर्णय गरेको छ ।

मन्त्रीहरू र पार्टीबीच समन्वय गर्न गठित डा.स्वर्णिम वाग्ले नेतृत्वको समन्वय समितिको आज बसेको बैठकले आफ्नो पार्टीबाट मन्त्री भएकाहरूलाई सघाउन विज्ञ समूह बनाउने निर्णय गरेको हो ।

महामन्त्री ढकाल र शिशिर खनाल सदस्य रहेको सो समितिले सरुवा, बढुवा तथा नियुक्तिको अनुचित सिफारिस गर्नेलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने निर्णय समेत गरेको छ ।