हनुमानढोका दरबारमा ठड्याइयो चीर, होलीको रौनक सुरु {तस्वीरहरू}

नेपाल स्टाटस नेपाल स्टाटस आइबार​ ५ चैत २०८० ०४:३२ PM
फोटो फिचर
शेयर Facebook Twitter
फोटो

काठमाडौँ - काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारमा चीर ठड्याइएको छ । 

बिहान ७ बजेर ४७ मिनेटको साइतमा मानन्धर समुदायले रङ्गीचङ्गी ध्वजापतकासहित सजाइएको बाँसको तीन खण्डे चीर ठड्याएसँगै होली पर्व शुरू भएको हो । होलीलाई असत्यमाथि सत्यको विजयको रूपमा हरेक वर्ष फागु पूर्णिमाका दिन मनाउने गरिन्छ ।

नेवार समुदायले चीर ठड्याउनुलाई होलीको शुरुआतका रूपमा लिने गरेका छन् । असत्यमाथि सत्यको जीतका रूपमा चीर ठड्याइएको स्थानीय बताउँछन् ।


 

प्रतिक्रिया