पोखरालाई पर्यटकीय राजधानी घोषणा

काठमाडौँ - कास्कीको पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको छ ।

आज पोखरा महोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेका छन् । 
प्रधानमन्त्री प्रचण्डले पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने बताए । 

पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत शहरको रूपमा विकास गर्न सरकारले उच्च प्राथमिकता दिने उनले विश्वास दिलाए  ।