एकदिवसीय विश्वकपमा पुग्न नेपालले अब कुन कुन देशसँग खेल्नुपर्छ ?

काठमाडौं - विश्वकप क्रिकेट लिग टू का पछिल्ला १२ वटा खेल मध्ये ११ वटा खेलमा विजयी हुँदै नेपाल विश्वकप छनोटमा पुगेको छ । जित्नैपर्ने खेलमा विहीबार यूएईमाथि रोमाञ्चक जित निकालेर नेपाल सिधै विश्वकपको छनोटमा पुगेको हो ।

आउँदो नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्न नेपालले अब के गर्नुपर्छ र कुन कुन देशसँग खेल्नुपर्छ भन्नेमा धेरैको चासो छ ।

विश्वकप खेल्नको लागि नेपालले आउँदो जुन र जुलाईमा जिम्बावेमा हुने १० वटा देश सम्मिलित छनोट खेलमा उत्कृष्ट नतिजा निकाल्नुपर्ने हुन्छ ।