सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन सीआईबीले बुझ्यो 

काठमाडौँ । सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुझेको छ ।

आइतबार पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्व आयोगको प्रतिवेदन सीआईबीले बुझेको हो ।

यसअघि आयोगले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । गृहमन्त्री लामिछानेले आफूले बुझेको उक्त प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका थिए ।

प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेले प्रतिवेदनको सिफारिसको आधारमा दोषीमाथि कारबाही र कानुनी दायरामा ल्याउने बताएका बेला सीआईबीले प्रतिवेदन बुझेको हो ।