एमालेको ग्रास रुट अभियान आजबाट सुरु

 काठमाडौँ - नेकपा एमालेको  ‘ग्रास रुट’ अभियान आजबाट सुरु भएको छ । गत २६ माघमा बसेको एमाले स्थायी कमिटीको बैठकले ग्रास रुट अभियान सुरु गर्ने निर्णय गरे अनुसार आजबाट यो अभियान सञ्चालनमा आउन लागेको हो । 

एमाले अध्यक्ष केपी शर्मा ५ फागुनमा सात प्रदेश र विदेश प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई भर्चुअल सम्बोधन गरे पछि सो अभियान सुरु हुने एमालेले जनाएको छ । एमाले अनुसार  बैठकले अभियानको उद्देश्य, कार्ययोजना र कार्यादेशका बारेमा छलफल गरेर टुङ्गो लगाउँदै अभियान अन्तर्गत पार्टी केन्द्रीय कमिटी सदस्यहरू पालिका तहमा दुई महिना खटिने छन् । जसअनुसार एक केन्द्रीय सदस्यलाई ३ वटा पालिकाको जिम्मेवारी दिइएको छ ।