चितवनमा मोटरसाइकलको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु  

काठमाडौँ । चितवनमा मोटरसाइकलको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका– १२ गोन्द्राङ बस्ने सुनिता श्रेष्ठका ३ वर्षीय छोरा विमर्श श्रेष्ठ छन् ।

उनलाई  शुक्रबार साँझ नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो । टाउकोमा गहिरो चोट लागका उनको राति सवा ८ बजे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकलको खोजी भइरहेको जनाइएको छ ।