यस्तो छ आजको मौसम, कोशी र गण्डकी प्रदेशमा सामान्य हिमपातको सम्भावना

काठमाडौं । देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा सामान्य हुस्सु लागेको छ। 

दिउँसो कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा सामान्य हिमपातको सम्भावना छ।

राति कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा सामान्य हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।