चिनियाँ नागरिकमाथि कुटपिट  

काठमाडौँ । फास्ट ट्रयाकमा काम गरिरहेका चिनियाँ नागरिक माथि कुटपिट भएको छ । मकवानपुरका स्थानीयले चिनियाँ नागरिक थान कार्ड युनलाई कुटपिट गथरेका हुन् ।

चाइनिज क्याम्पमा कुकको काम गर्ने मकवानपुरगढी १ बस्ने फूलमाया लुङ्बालाई खाना बनाउने क्रममा फास्ट ट्रयाकमा  काम गर्ने चिनियाँ नागरिक थान कार्ड युनले हातपात गर्न खोजेको भनि आफन्तलाई जानकारी गराइएको थियो । त्यसपछि फूलमायाका आफन्त तथा स्थानीयले युनलाई कुटपिट गरी घाइते बनाएको प्रहरी स्रोतले जनकारी दिएको छ । 

घाइतेलाई उपचारको लागि अर्थोपेडिक अस्पताल हेटौंडा पठाइएको र उनलाई बाहिरी चोट नरहेको मकवानपुर प्रहरीले जनाएको छ ।  फूलमाया सामान्य घाइते भएको र उनी स्थानीय मेडिकलमा उपचारपछि घर फर्किएको प्रहरीले बताएको छ ।