माइतीघर क्षेत्रमा लगाएको निषेध हटाउन माग गर्दै प्रदर्शन

काठमाडौँ । माइतीघर मण्डल क्षेत्रमा लगाएको निषेधित क्षेत्र हटाउन माग गर्दै डा. गोविन्द केसी लगायतको टिमले प्रदर्शन गरेका छन् ।  बुधबार दिउँसो केसीसहित केही व्यक्तिहरूले विभिन्न माग राख्दै निषेधित क्षेत्रमा प्रदर्शन गरेका हुन्।

उनीहरुले निषेधित लोकतन्त्र चाहिँदैन, निषेधाज्ञा तत्काल फिर्ता गर लेखिएका प्याम्पलेट बोकी शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।  जिल्ला प्रशासन कार्यालय काठमाडौले माइतीघर मण्डल क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ।