रुसी सेनामा भर्ती भएका एक नेपाली युवाको मृत्यु

काठमाडौँ । फेरि रुसी सेनामा भर्ती भएका एक  युवकको मृत्यु भएको छ । लमजुङको दूधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको मृत्यु भएको हो।

रुस युक्रेनको युद्धमा परि उनको मृत्यु भएको खबर पाँच दिन अघि परिवारलाई प्राप्त भएको दुधपोखरी गाउँपालिकाका अध्यक्ष धनप्रसाद गुरुङले जानकारी दिए।

गत भदौमा रुस पुगेका उनको सँगै रहेका भाइ कुमार गुरुङलाई मृत्युको खबर सुनाएका थिए। जर्मनीमा रहेका भाइ कुमारले दाइको मृत्युको खबर काठमाडौँमा रहेका भाइबहिनीलाई भनेपछि मात्रै लमजुङस्थित मृतक गुरुङको घरमा खवर पुगेको गाउँपालिकाका अध्यक्ष गुरुङले बताए ।

मृतक गुरुङको घरमा हजुरआमा, बुबा,आमा, श्रीमती र चार बर्षका एक सन्तान छन्।