पाथीभरामा पुस महिनाको भेटी ३५ लाख संकल

काठमाडौँ ।  ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको मन्दिरमा एक महिनामा ३५ लाखभन्दा बढी भेटी रकम सङ्कलन भएको छ ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङको अनुसार पुसमा मात्र कूल ३५ लाख २९ हजार भेटी रकम सङ्कलन भएको हो ।  पुसमा भक्तजनले पाथीभरा देवीका नाममा चढाएको र दान गरेको भेटी रकम सङ्कलन गरी सार्वजनिक गरिएको समितिले जनाएको छ ।

सङ्कलित यो रकम नेपाल बैङ्क लिमिटेड, सानिमा बैङ्क र एनएमबी बैङ्कमा रहेको समितिको खातामा जम्मा गरिएको पनि उनले बताए । सङ्कलित पुसको यो पछिल्लो समेत गरी पाथीभरामा जम्मा भएको भेटी रकम आठ करोड ७० लाख ५२ हजार पाँच सय ४८ पुगेको छ ।