१० तोला पहेलो धातु र नगदसहित एकजना पक्राउ

काठमाडौँ । १० तोला पहेलो धातुसहित एक जना पक्राउ परेका छन् ।  कास्कीको पोखरा महानगरपालिका–३०, पावरहाउस नजिकबाट सुन जस्तो देखिने पहेलो धातु करिब १० तोला ६ लाल र नगद ३६ हजार रूपैयाँ प्रहरीले बरामद गरेको हो ।

पक्राउ पर्नेमा पाल्पा रम्बादेबी गाउँपालिका–३ घर भई पोखरा महानगरपालिका–१ मोहोरिया टोल बस्ने २४ वर्षीय दिलीप गहतराज छन् ।

वडा प्रहरी कार्यालय गगनगौँडाबाट खटिएको प्रहरीले गएराति भैरहवाबाट पोखरातर्फ आउँदै गरेको लु.२ ख १२६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई पक्राउ गरेको हो । दुई वटा ढिक्का, दुई वटा गोलो रिङ, दुई वटा सानो–सानो टुक्रामा राखेको उक्त परिमाणको धातुसहित फेला पारेको जनाइएको छ ।