इपिएस परीक्षा तोकेकै समयमा हुने 

काठमाडौँ । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस शाखाले  इपिएस भाषा परीक्षा यसअघि तोकेकै समयमा हुने जनाइएको छ । दक्षिण कोरियामा उत्पादनमूलक क्षेत्रको रोजगारीका लागि लिइने रोजगार अनुमति प्रणाली (इपिएस) परिक्षा  शाखाले मानव संसाधन विभाग (एचआरडी) कोरियाले  माघ २१ गतेमा गर्ने तयारी भएको जनाएको छ ।

सो शाखाका निर्देशक मैयाँ कँडेलले परीक्षा तोकेकै समयमा परीक्षा सञ्चालन गर्ने गरी तयारी भएको जानकारी दिए । उनका अनुसार पहिलो चरणमा ४७ हजारको परीक्षा लिइनेछ । त्यो परीक्षाको नतिजा आएपछि व्रmमशः दोस्रो र तेस्रो चरणको परीक्षा सञ्चालन गरिने उनले बताए ।

इपिएस शाखाका अनुसार कोरिया एचआरडीले सन् २०२४ का लागि नेपालबाट उत्पादनतर्फका १५ हजार ८४८ जनाका लागि आवेदन माग गरिएकोमा एक लाख ६४ हजार बढीले आवेदन दिएका छन् ।

दोस्रो चरणमा ८० हजार र तेस्रो चरणमा बाँकी ३७ हजार गरी एक लाख ६४ हजारले परीक्षा दिने गरी एचआरडी कोरियाले कार्यतालिका बनाइसकेको छ ।