रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, यी हुन छलफलको एजेन्डा !

काठमाडौँ ।  पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बुधबार बस्ने महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले जानकारी दिएका छन्।

आज दिउँसो ३ बजे बस्ने बैठकमा पार्टीको आर्थिक र प्रशासनिक नियमावली, विभागीय नियमावली, विभागहरूको कार्यप्रगति विवरण लगायतका विषयमा छलफल गर्ने तयारी रहेको छ ।

उनको अनुसार बैठकमा समसामयिक विषय तथा संगठनको अद्यावधिक, आर्थिक विभागबाट सहकारी, लघुवित्त, बैंक, इन्सुरेन्स, रिइन्सुरेन्ससम्बन्धी भएको अध्ययन, विभागहरूको रिपोर्ट कार्डलगायतका बारेमा छलफल हुनेछ ।

यसका साथै बैठकमा समसामयिक विषय तथा संगठनको अद्यावधिक, आर्थिक विभागबाट सहकारी, लघुवित्त, बैंक, इन्सुरेन्स, रिइन्सुरेन्ससम्बन्धी भएको अध्ययन, विभागहरूको रिपोर्ट कार्डलगायतका बारेमा छलफल  हुने महामन्त्री एवम् प्रवक्ता ढकालले जानकारी  दिए ।