राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवबिच भेटवार्ता 

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहायप्रसाद यादवले शनिबार बिहान भेटवार्ता गरेका छन् । 

राष्ट्रपतिभवन शीतलनिवासमा आज बिहान भएको भेटमा मुलुकको समसामयिक लगायतका विषयमा विचार विमर्श भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।