छठ पूजाका यी नियमलाई विशेष ध्यान दिनुहोस्

काठमाण्डौँ - तिहार सँगसँगै आईपुग्ने छठ पर्व देशका विभिन्न स्थानहरुमा धुमधामसँग मनाइने गरिन्छ । यस पर्वको शुरुआत कार्तिक मासको शुक्ल पक्षको चतुर्थी तिथिबाट हुन्छ ।

यस क्रममा छठी मैयालाई प्रसन्न पार्नका लागि कठिन नियमहरुलाई पालना गर्ने गरिन्छ । यसैसँग हामी तपाईंलाई बताउनेछौं छठ पर्वमा कस्ता नियमहरुलाई पालना गर्नुपर्ने हुन्छ ।

अनाजको सरसफाई

छठ पूजाको क्रममा प्रसाद बनाउनका लागि प्रयोग गरिने अनाजलाई राम्रोसँग सफा गर्न एकदमै जरुरी हुन्छ । साथमा ती खाद्य सामग्रीलाई त्यस्ता स्थानमा राख्नुपर्छ जहाँ कसैको हातले नछोइयोस् ।

माटाको चुलो

प्रसाद बनाउनका लागि माटाको चुलाको प्रयोग गरिन्छ । यसबाहेक तपाईं नयाँ चुलोमा पनि छठको प्रसाद बनाउन सक्नुहुन्छ ।

प्राकृतिक चीजको प्रयोग

पूजाको सामन राख्नका लागि बाँसले बनेको टोकरी वा नांग्लोको प्रयोग गरिन्छ । यसक्रममा स्टिल वा काँचको भाँडाहरु प्रयोग गरिँदैन ।

फलफूलको सरसफाई

छठ पूजामा प्रयोग हुने फलहरुलाई राम्रोसँग धोएर सफा स्थानमा राख्नुपर्दछ । यसक्रममा कसैले ती फलमा जुठो हातले छुनु हुँदैन ।

घरको सरसफाई

त्यसो त कुनै पनि चाडपर्वको समयमा घरको सरसफाई गर्ने गरिन्छ । तर यस छठ पूजाको अवसरमा पनि सम्पूर्ण घरको सरसफाई राख्न एकदमै जरुरी हुन्छ । यदी तपाईं पनि छठको व्रत गर्दै हुनुहुन्छ भने यस कुराको विशेष ध्यान दिनुपर्छ ।

नयाँ साडीको प्रयोग

यस्तो पनि मान्यता छ, जुन दिन तपाईं खोला किनारमा गएर छठ पूजा गर्नुहुन्छ त्यसबेला नयाँ साडी लगाउनु पर्दछ । यस दिन फाटेको वा फोहोर साडी लगाएर जानु राम्रो मानिँदैन ।

सात्विक भोजन

छठ पूजाका क्रममा लसुन, प्याज, रक्सी तथा मांसहारी भोजन गर्नु हुँदैन । यसक्रममा केवल शुद्ध भोजन गर्नु पर्दछ ।