कुन ठाउँको कोठीको के अर्थ लाग्छ ? कहाँको कोठीको अर्थ के हुन्छ  ? 

 काठमाण्डौँ - हरेक व्यक्तिको शरीरमा कहिँ न कहिँ कोठी हुन्छ । शरीरमा हुने त्यस्ता कोठी शुभ र अशुभ फल दिन्छ भन्ने आम विश्वास छ । केही धार्मिक ग्रन्थमा पनि यसबारे चर्चा गरिएको छ । आउनुस्, हाम्रो शरीरको कुन अंगमा कोठी भए कस्तो फल पाइन्छ थाहा पाऔं ।


कुन ठाउँको कोठीको अर्थ के ? 


– दाहिने गालामा कोठी हुने व्यक्ति धनवान हुन्छ ।

देब्रे गालामा कोठी हुने व्यक्ति बढी खर्चालु हुन्छ ।

दाहिने आँखामा कोठी हुने व्यक्ति भावुक हुनुका साथै डाहाडे स्वभावका हुन्छन् ।

देब्रे आँखामा कोठी हुेन व्यक्ति झगडालु स्वभावका हुन्छन् ।

नाकमा कोठी हुने व्यक्तिले यात्रा धेरै गर्छन् ।

कानमा कोठी हुने व्यक्ति अल्पायुका हुन्छन् ।

गर्धनमा कोठी हुने व्यक्तिहरु बढी आराम चाहिन्छ र आराम पनि मिल्छ ।

टाउकोमा कोठी हुने व्यक्तिहरु राजनीतिमा सफल हुन्छन् ।

दाहिने पाखुरामा कोठी भएका व्यक्तिहरु प्रतिष्ठित र बुद्धिमान हुन्छन् ।

– दाहिने हत्केलामा कोठी हुने व्यक्ति वलावान हुन्छन् ।

औंलामा कोठी हुने व्यक्ति कार्यकुशल,व्यवहारकुशल र न्यायप्रिय हुन्छन् ।

दाहिने खुट्टामा कोठी हुने व्यक्ति बुद्धिमान हुन्छन् तर खर्चालु स्वभावका हुन्छन् ।

बाँया गालामा कोठी हुने व्यक्तिको बौद्धिक क्षमता उच्च हुन्छ । जीवन भने एकनाशको हुन्छ ।

माथिल्लो ओठमा कोठी हुनेहरु कामोत्तेजक र तल्लो ओठमा हुनेहरुलाई दुखले कहिले छोड्दैन ।

गलामा कोठी हुने व्यक्ति दीर्घायु र राम्रो आवाजको धनी हुन्छन् ।

दाहिने छातीमा कोठी हुने व्यक्तिले आफ्नो पत्नीलाई खुबै प्रेम गर्छन् ।

कम्मरमा कोठी हुने व्यक्तिले जिन्दगीभरि समस्याहरुसंग लडिरहनु पर्छ ।

पेटमा कोठी हुने खानाको पारखी हुन्छन् ।

जसको आँखाको सिधा तल कोठी हुन्छ उनीहरु कामूक हुन्छन् । यस्ता ब्यक्ति प्रेममा भावुक बन्छन् । यिनीहरु सहयोगी पनि हुन्छन् ।

औंलामा कोठी भएको ब्यक्ति कार्यकुशल, व्यवहारकुशल र न्यायप्रिय हुन्छन् ।

चोर औंलामा कोठी हुने ब्यक्तिक विद्वान गुणबान र धनवान हुन्छन् । तर यिनीहरुका शत्रु भने धेरै हुन्छन् ।

दायाँ आँखाको कुनामा कोठी भएमा यस्ता ब्यक्ति भावुक हुन्छन् । यस्ता ब्यक्ति अलि डाहाढे स्वभावका हुन्छन् ।

माझी औंलामा कोठी भएमा त्यस्ता ब्यक्ति सुखी हुन्छन् र त्यस्ता ब्यक्तिको शान्तिपूर्ण जीवन हुन्छ ।

जुन ब्यक्तिको आँखाको तल नाकको छेउँमा कोठी हुन्छ त्यस्ता ब्यक्ति अलिक रहस्यमय हुन्छन् । यिनीहरुलाई बुझ्न कठिन हुन्छ ।

यदि कुनै ब्यक्तिको कोठी नाकको फेँदमा छ भने यस्ता ब्यक्ति कल्पनाशील हुन्छन् । यस्ता ब्यक्तिको काम गर्ने शैली रचनात्मक हुन्छ ।

जसको देव्रे आँखामा कोठी हुन्छ यस्ता ब्यक्ति झगडा गर्न तम्सिने र प्रेम पाउन अपराध समेत गर्ने स्वभावका हुन्छन् ।

बायाँ आँखाको परेलोमा कोठी भएमा त्यस्ता ब्यक्तिको दिमाग तेज हुन्छ यस्ता ब्यक्ति कुटनीतिक ब्यवहार गर्न जान्ने हुन्छन् ।

दायाँ गालामा कोठी हुने ब्यक्ति कामुक हुन्छन् । यिनीहरु प्रेमी वा पार्टनरसँग झगडा गरिरहन्छन् ।

नाकको बायाँ पट्टी कोठी भएमा यस्ता ब्यक्ति कलात्मक हुन्छन् । यस्ता ब्यक्तिको प्रेम सम्बन्ध प्रगाढ हुन्छ भने चामत्कारिक काम पनि गर्छन् ।

दायाँ ओंठमा कोठी भएमा त्यस्ता ब्यक्तिको स्वभाव मौलिक हुन्छ । यिनीहरुको कल्पना शक्ति उत्तम हुन्छ ।

बायाँ गालामा कोठी हुने ब्यक्तिको बौद्धिक क्षमता उच्च हुन्छ । जीवन भने एकनाशको हुन्छ ।

जसको चिउँडोमा कोठी हुन्छ त्यस्ता ब्यक्ति अलि परंपरावादी सोंचका हुन्छन् ।

बायाँ ओंठमा कोठी हुने ब्यक्ति बढी कामुक हुन्छन् । कामुकताकै कारण यस्ता ब्यक्तिलले जीवनमा समस्या पनि झेल्नु पर्ने हुन्छ ।

दाहिने खुट्टामा कोठी हुने ब्यक्ति बुद्धीमान हुन्छन् तर खर्चालु स्वभाव हुन्छ् ।

गर्धनमा कोठी हुने ब्यक्तिलाई बढि आराम चाहिन्छ र आराम पनि मिल्छ ।

नाकमा कोठी हुने ब्यक्तिले यात्रा धेरै गर्छन् ।

दाहिने हत्केलामा कोठी हुने ब्यक्ति बलबान हुन्छन् । बायाँ हत्केलामा कोठी हुने ब्यक्तिको स्त्रीसँगको प्रेम बढी र बलियो हुन्छ ।

दाइने आँखामा कोठी भएमा यस्ता ब्यक्तिले आफ्नी स्त्री पार्टनरलाई अत्याधिक प्रेम गर्छन् । तर बायाँ आँखामा कोठी भएमा स्त्रीसँग झगडा हुन्छ । दाम्पत्य जीवन पनि सुखद् हुँदैन ।दायाँ गालामा कोठी हुने ब्यक्ति धनी हुन्छन् । यस्ता ब्यक्तिलाई पैतृक सम्पति पनि मिल्छ । तर बायाँ गालमा कोठी हुँदा भने खर्चालु हुन्छन् ।

ओंठमा कोठी हुने ब्यक्तिको सोंच केवल काम बासनामा केन्द्रित हुन्छ । कानमा कोठी हुने ब्यक्ति अल्पायुका हुन्छन् ।

कान्छी औंलामा कोठी हुने ब्यक्ति दुःखी हुन्छन् ।

दायाँ हातमा कोठी हुने ब्यक्ति झगडालु हुन्छन् ।

– दायाँ छातीमा कोठी हुने ब्यक्ति स्त्रीसँग नजिकिन्छन् । पत्निलाई पनि अधिक प्रेम गर्छन् । बायाँ छातीमा कोठी हुने ब्यक्तिको भने कसै न कसैसँग झवडा भैरहन्छ ।