हिमालयन रिइन्सुरेन्सको आइपिओ मङ्सिर ४ गतेदेखि खुला हुने

काठमाडौँ - कात्तिक २१ गतेदेखि खुला गर्ने भनिएको हिमालयन रिइन्सुरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई मङ्सिर ४ गते सोमबारदेखि प्रिमियम मूल्यमा आइपिओ खुला गर्ने भएको छ । 

यसअघि कात्तिक २१ गतेदेखि जारी गर्ने भनिएकोमा सार्वजनिक लेखा समितिले त्यस बेला रोक्न आदेश दिएपछि यसको मिति पर सरेको थियो । यद्यपि, कम्पनीले भने तिहार पर्व परेका कारण मिति सारिएको दाबी गरेको थियो ।

 हिमालयनले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३०५ ले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको आइपिओ सर्वसाधारणलाई जारी गर्न धितो पत्र बोर्डबाट अनुमति पाएको छ । यसअनुसार कम्पनीले यसको १०५ अर्थात् ३० लाख कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई जारी गर्न लागेको हो ।

यस कम्पनीले प्रतिकित्ता १ सय अङ्कित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २०६ रुपैयाँ दरमा आइपिओ जारी गर्न लागेको हो ।