मिटरब्याजसम्बन्धी विधेयक प्रतिनिधिसभामा पेश

काठमाडौँ - सरकारले प्रतिनिधिसभा बैठकमा ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८०’लाई पेश गरेको छ ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधेयक संसद्मा पेश गरेका हुन् । अहिले सो विधेयकमाथि दफावार छलफल जारी छ ।

विधेयकमा  राप्रपा ,नेमकिपा र राश्वपाले विरोध जनाएका छन् ।  राप्रपा  सांसद ज्ञानबहादुर शाही, नेमकिपाका प्रेम सुवाल र राश्वपाका सोबिता गौतम र सुमना श्रेष्ठले विधेयक संविधान विपरित आएको बताएका छन् ।