राष्ट्रिय स्वतन्त्र पार्टीका कारण स्थगित संसद बैठक पुन: सुचारू

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कारण १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभा बैठक पुन सुचारू भएको छ ।

यसअघि प्रतिनिधि सभामा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकलाई अघि बढाउने विषयम आपत्ति जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सदन अवरुद्ध गरेको थियो । नेपाल ऐन संशोधन गर्न बनेको विधेयकलाई निर्णयार्थ पेश नगरिएको भन्दै रास्वपाले सदन अवरुद्ध गरेको हो ।