परराष्ट्र मन्त्री आज बैंकक जाँदै

काठमाडौँ - परराष्ट्रमन्त्री एनपी साउद आज थाइल्याण्ड प्रस्थान गर्दैछन् ।

बिमस्टेक परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा सहभागी हुनका लागि मन्त्री साउदको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल आज बैंककतर्फ प्रस्थान गर्न लागेको हो ।

जसअनुसार आइतबार दिउँसो साढे १ बजे उनी थाई स्माइल एयरवेजमार्फत बैंकक प्रस्थान गर्नेछन् भने परराष्ट्र मन्त्री साउँदको सचिवालयका अनुसार उनी साउन २ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।