समाजवादी मोर्चा सातै प्रदेशमा विस्तार हुने 

काठमाडौँ - चार राजनीतिक दल मिलेर बनेको समाजवादी मोर्चालाई व्यवस्थित गर्न कार्यविधि पास भएको छ । मोर्चाको बैठकले मोर्चाको सञ्चालनलाई व्यवस्थित गर्न कार्यविधि तयार पारेको हो । 

त्यसैगरी सो मोर्चाले आफ्नो संगठन सातै प्रदेशका ७७ जिल्लामा विस्तार गर्ने योजना बनाएको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

उनका अनुसार केन्द्रमा चारवटै पार्टीबाट बढीमा पाँचरपाँच जनासम्म र प्रदेशमा तीनरतीन तथा जिल्लामा दईरदुई जना चारवटै पार्टीबाट समेटिनेगरी मोर्चा बनाइनेछ ।