संघीय सांसदहरुलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन संसद् सचिवालयको आग्रह 

 काठमाडौँ - संघीय संसद्‌ सचिवालयले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य सांसदहरुलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ । आर्थिक वर्ष २०७९र०८ समाप्त भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन संसद् सचिवालयले आग्रह गरेको छ । 

सांसदहरुले साउन १ गतेदेखि भदौ २८ गतेसम्म सम्पत्ति विवरण बुझाउन सक्नेछन् । सांसदहरुले आफ्नो तथा परिवारका सदस्यको नाममा रहेको सम्पत्ति तथा सम्पत्तिको स्रोत खुलाउने विवरण पनि पेस गर्नुपर्ने भनिएको छ । 

संघीय संसद्‌ सचिवालयले एक सूचना जारी गर्दै भ्रस्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा १ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ को उपदफा १ बमोजिम सम्पत्ति विवरण बुझाउन भनेको हो ।