संविधानसभा सदस्य आङटावा शेर्पा प्रहरी हिरासतमै कसरी भए घाइते ? 

काठमाडौँ  - नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका संविधानसभा सदस्य आङटावा शेर्पा प्रहरी हिरासतमै घाइते भएका छन् ।

सोमबार राति टाउकोमा चोट लागेपछि उनलाई प्रहरीले अस्पताल पुर्‍याएको हो । उनी बाथरूममा लडेका बताइएको छ ।

वीर अस्पतालमा उपचारपछि अहिले उनी डिस्चार्ज भइसकेका छन् । शेर्पाले हिजो सोमबार प्रहरीमा आत्मसमर्पण गरेका थिए ।