सत्तारुढ गठबन्धनको बैठक सिंहदरवारमा सुरु

काठमाडौं - सत्तारुढ गठबन्धनको बैठक सिंहदरवारमा सुरु भएको छ ।

सरकारको नीति तथा कार्यक्रमका बारेमा सत्ता साझेदार दलसँग राय लिनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठक सुरु भएको हो। सरकारले आगामी जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ ।