'संसदीय समितिले निकालेको निष्कर्षलाई तोडमोड गर्न हुन्न' : रवि लामिछाने

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले संसदीय समितिले  निकालेको निष्कर्षलाई तोडमोड गर्न नहुने बताएका छन ।
 मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले समितिले निकालेको निष्कर्षलाई कर्मकाण्डी गर्न नहुने बताएको हो । 

समितिले दिएको निर्देशन पालना गर्नुपर्ने र नगरे के गर्ने भन्ने बारेमा पनि कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने उनले बताए । सांसद लामिछानेले समितिमा बोल्नका लागि सदस्यको समय छुट्याउन आवश्यक रहेको पनि बताए ।