रेशम चौधरीको मुद्दामा बहस सकियो, आजै फैसला आउने

काठमाडौँ - टीकापुर हत्याकाण्डका अभियुक्त रेशम चौधरीको मुद्दामा बहस सकिएको छ ।

न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा बहस भएको हो । हिजो सोमबार बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।

मुद्दाको फैसला आजै सुनाउने तयारी छ ।