धरानका मेयरको बिरोधमा पत्रकारको आन्दोलन किन ? 

धरान - धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई साम्पाङको अभिब्यक्ति र अशोभनिय क्रियाकलापको खिलाफमा पत्रकारहरु मैदानमा उत्रेका छन् ।

मेयर साम्पाङले निरन्तर पत्रकारलाई अपमान गरेको तथा सार्वजनिक गरेको अभिब्यक्ति अशोभनीय भएको भन्दै आन्दोलनमा उत्रेका नेपाल पत्रकार महासंघ सुनसरीले आज धरानका पूर्व मेयरहरुसँग अन्तर्किया गर्ने भएका छन्। सोमबार उनीहरुले मेयर साम्पाङको बिरोध स्वरुप मौन जुलुस निकालेका थिए ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने गरी प्रमुख राईले पटक पटक पत्रकारहरूलाई गालीगलौज तथा सञ्चार क्षेत्रमाथि आक्रमण प्रयास गरेको पछि बाध्य भएर बिरोधमा मौन जुलुस प्रदर्शन गर्नु परेको अध्यक्ष जनकऋषि राईले जानकारी दिए । उनका अनुसार मेयर राईले आफनो अभिब्यक्ति नसच्चाएसम्म तथा प्रेस स्वतन्त्रता प्रति लिखित प्रतिबद्धता नजनाएसम्म आन्दोलन जारी रहने छ ।