चितवनमा जनताको समस्यालाई ‘स्टन्ट’ को विषय बनाउनेलाई हराऔँ : विश्व पौडेल

चितवन - नेपाली कांग्रेसका नेता तथा अर्थशास्त्री विश्वनाथ पौडेलले चितवनका जनताको समस्यालाई ‘स्टन्ट’ को विषय बनाउनेहरूलाई हराउनुपर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति कटाक्ष गर्दै उनले कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठलाई जिताउनुपर्ने बताए ।

लामिछानेले अगाडि पछाडि क्यामेरा लगाएर स्टन्ट गर्दै अँध्यारो कुनामा साइबर सेना राखेर आक्रमण गरिरहेको पौडेलको दाबी छ ।

‘जित नारायण स्टन्टवाज हैनन्, यी अगाडि–पछाडि क्यामेरा लगाएर स्टन्ट गर्दैनन्, अँध्यारो कुनामा साइबर सेना राखेर आक्रमण गर्दैनन्। चितवनमा यसपालि जनताको समस्यालाई ‘स्टन्ट’ को विषय बनाउनेहरूलाई हराऔँ र सबक सिकाऔँ,’ उनले भने ।