सांसद रघुजी पन्तले भने-'प्रधानमन्त्री दाहाल हराए'

 काठमाडौँ - नेकपा एमालेका सांसद रघुजी पन्तले संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हराएको भन्दै सूचना सुनाएका छन् ।  प्रतिनिधिसभा बैठकमा एमाले सांसद पन्तले प्रधानमन्त्री प्रचण्ड अनुपस्थित भएपछि एमाले सांसद पन्तले व्यंग्य गरेका हुन् । 

उनले भने,‘नागरिकताको नाम पुष्पकमल दाहाल, चलनचल्तीको नाम प्रचण्ड, स्थायी ठेगाना फेरिराख्ने, अस्थायी ठेगाना कहिले खुमलटार कहिले बालुवाटार, हुलीया पहिले पहिले कोट पाइन्ट लगाउने गरेपनि हाल दौरा सुरुवाल र टोपी पनि लगाउने उमेर ६५ नाघेर ७० नपुगेको जस्तो देखिने ।’ उनले अन्तिम पटक बालुवाटार छेउछाउ देखिएको व्यंग्य गरे ।