सुडान झडपमा ५६ सर्वसाधारणको मृत्यु, ६ सय घाइते

खार्तुम - सुडानको राजधानी खार्तुममा हिजोदेखि जारी विद्रोही अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स ९आरएसएफ० र सरकारी सेनाबीचको झडपमा कम्तीमा ५६ जनाले ज्यान गुमाएका छन् भने करिब ६ सय जना घाइते भएका छन् ।

आज पनि बिहानैदेखि भइरहेको प्रतयक्षदर्शीहरूले बताएका छन् । विद्रोही समूह आरएसएफले राष्ट्रपतिको कार्यालय, खार्तुम विमानस्थल, सरकारी टेलिभिजन र अन्य महत्त्वपूर्ण स्थान आफ्नो नियन्त्रणमा रहेको दाबी गरेपछि खार्तुमका सुनसान सडकमा लगातार विस्फोट र बन्दुक पड्केको आवाज सुनिएको छ ।