प्रतिनिधि सभाको बैठक आज बस्दै, सम्भावित कार्यसूचीहरु के-के छन् ? 

 काठमाडौँ - प्रतिनिधि सभाको बैठक आइतबार बस्दै छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आइतबार दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार बैठकमा तीनवटा विधेयक पेस गरिने र एउटा शोक प्रस्ताव पारित गरिनेछ।