मन्त्रिपरिषद बिस्तार : परराष्टमन्त्रीमा साउद, राज्यमन्त्रीमा चपाईंले लिइन् शपथ

काठमाडौँ - मन्त्रिपरिषदमा आइतबार दुई सदस्य थपिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसबाट एनपी साउद र एकीकृत समाजवादीबाट राज्यमन्त्रीमा नन्दा चपाईंलाई सरकारमा सहभागी गराएका हुन्।

साउदले राष्ट्रपतिबाट रामचन्द्र पौडेल र चपाईंले प्रधानमन्त्री दाहालसँग शपथ लिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

साउदलाई परराष्ट्रमन्त्रीको जिम्मेवारी दिइएको छ भने चपाईंलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ। साउद प्रतिनिधिसभा सदस्य र चपाईं राष्ट्रियसभा सदस्य हुन्। दुई जना थपिएसँगै मन्त्रिपरिषद १९ सदस्यीय भएको छ।