सरकारले कहिले पाउँछ पूर्णता ?

काठमाण्डाैँ - एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि १६ वटा मन्त्रालय आफैंसँग राखेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई पूर्णता दिन नसक्दा दैनिक कामकाज प्रभावित बनेको छ।

प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि मन्त्रिपरिषदलाई पूर्णता नदिने भएका छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार चैत ६ गते विश्वासको मत लिने तयारी छ। त्यसपछि मात्रै सरकारलाई पूर्णता लिने सोचमा प्रधानमन्त्री छन्।

प्रधानमन्त्रीले मन्त्रिपरिषदलाई पूर्णता दिन नसक्दा महत्वपूर्ण मन्त्रालय नेतृत्व विहीन छन्। समग्र मुलुकको शान्ति सुरक्षाको जिम्मेवारी ग्रहण गर्ने गृहमन्त्रालय लामोसमयदेखि नेतृत्वविहीन छ। यस्तै अर्थ र शिक्षा जस्ता मन्त्रालय मन्त्रीविहीन हुँदा कामकाज प्रभावित बनेको छ।

प्रधानमन्त्रीले खाली भएका सबै मन्त्रालय आफैंसँग राखेका छन्। उनले सरकारमा सहभागी मन्त्रीलाई अतिरिक्त जिम्मेवारी नदिइ रिक्त मन्त्रालय आफैंसँग राखेका कारण पनि कामकाज प्रभावित बनेको हो।