उपराष्ट्रपति निर्वाचनको तयारी पूरा

काठमाण्डाैँ - उपराष्ट्रपति पदको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा शुक्रबार उपराष्ट्रपतिका लागि मतदान हुँदैछ। संसद् भवनको ल्होत्से हलमा दुई मतदान केन्द्रको व्यवस्था गरिएको छ।

बिहान १० देखि अपराह्न ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। “निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ”, सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले भने, “मतपत्र पनि केन्द्रमा आइसकेको छ।”