पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी

काठमाडौँ । पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी भएको छ ।

शनिबार पत्रकार सम्मेलनमार्फत पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् ।

उनले चैत्र ४ गते आईतबार पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने बताए। पर्यटकीय राजधानी घोषणा कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुहुने मेयर आचार्यले बताए।