चितवन- २ मा रवि विरुद्ध उम्मेदवारी दिन तम्सिँदै दलहरु

काठमाडौं - वैशाख १० गते चितवन २ मा हुन गइरहेको उपनिर्वाचनमा उम्मेदवारी चयनको रस्साकस्सी चलिरहेको छ। सत्तारुढ तथा प्रतिपक्षी दलहरु उम्मेदवारी चयनको गृहकार्यमा जुटिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन केन्द्रित गतिविधिमा होमिएको छ।

गत मंसिर ४ मा सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका थिए। सर्वोच्चले लामिछानेको नागरिकता अवैध ठहर गरेसँगै सम्पूर्ण पदमुक्त भएपछि रिक्त रहेको उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।