समाजवाद प्राप्ति नभएसम्म जनताका आधारभूत समस्या समाधान गर्न सम्भव  छैन् : नेता खनाल

 काठमाडौँ ।  नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवाद प्राप्ति नभएसम्म जनताका आधारभूत समस्या समाधान गर्न सम्भव नहुने बताएका छन् । क्रबार काठमाडौंमा आयोजित समाजवाद र अबको बाटो विषयक अन्तरक्रिया कार्यक्रममा खनालले यस्तो बताएका हुन् । 

उनले वैचारिक राजनीतिक कार्यदिशाका आधारमा कम्युनिष्टहरुबीच एकता हुनुपर्ने बताउँदै कम्युनिष्टहरुको एकता आजको अपरिहार्य एकता भएको भन्दै वैचारिक राजनीतिक कार्यदिशाका आधारमा कम्युनिष्टहरुबीच एकता हुनुपर्ने बताए । 

बाम एकताको आवश्यकता रहको अवस्थामा आफ्नो पार्टीले सही कार्यदिशा नीति र विचारको विकास गर्नुपर्ने उनले बताए । खनालले अवको अवस्थामा भावनाले नभई नीतिको बहसले मात्रै कम्युनिष्टहरुलाई एक ठाउँमा ल्याउनुपर्ने धारणा राखे ।

उनले कम्युनिस्ट पार्टीलाई देशी विदेशी शक्तिले पटक पटक विभाजन गरेको भन्दै कम्युनिस्ट आन्दोलन पुनर्गठन हुनुको विकल्प नरहेको उल्लेख गरे ।