बझाङमा भूकम्पको धक्का  

काठमाडौँ । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ३२ मिनेट जाँदा परकाट्ने आसपास केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको हो। 

यसअघि पुस २७ गते बझाङकै पातलचौर केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।