जाम्बियामा अक्टोबर यता हैजाका कारण ३ सय ६२ जनाको मृत्यु 

काठमाण्डौँ - जाम्बियामा अक्टोबर यता हैजाका कारण ३ सय ६२ जनाको मृत्यु भएको छ । अक्टोबरमा पानीजन्य रोग हैजा फैलिएदेखि हालसम्म ९ हजार १५५ जना संक्रमित भएका छन् ।

हैजाको प्रकोप नघटेपछि जाम्बियाले हैजाको प्रकोप नियन्त्रणका लागि थप कडा उपायहरुको घोषणा गरेको छ । स्वास्थ्यमन्त्री सिल्भिया मासेबोले सरकारले हैजा रोकथाम र नियन्त्रणका उपायहरू बढाउनका लागि यसअघि घोषणा गरेको वैधानिक यन्त्रमा एउटा दफा ल्याएको बताए । 
अन्य पहिलेका उपायहरूमा अस्वच्छ खानाको व्यापारमा प्रतिवन्ध र हैजाबाट मरेका मानिसहरू राखिराख्न निषेध गरिएको थियो ।