जनकपुर आउँदै गरेको रेलमा एक यात्रुको मृत्यु

जनकपुर - महोत्तरीको विजलपुराबाट जनकपुर आउँदै गरेको रेलमा सवार एक जना यात्रुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लोहरपट्टी नगरपालिका ४ खुट्टा पिपराढीको अन्दाजी ५० वर्षीय रामएकवाल पण्डित रहेका छन् ।

बिहान रेलमा सवार पण्डितको जनकपुर आउने क्रममा रेलको बोगीभित्रै मृत्यु भएको हो ।