धनुषामा हराइरहेकी बालिकाको रहस्यमय मृत्यु, नग्न अवस्थामा मृत्त फेला !

जनकपुरधाम - धनुषामा २४ घण्टादेखि हराइरहेकी एक बालिका नग्न अवस्थामा मृत भेटिएकी छन् । धनुषाको सबैला नगरपालिका–९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको शव सतोखर पोखरी नजिक पानी जमेको खाल्डोमा नग्न अवस्थामा फेला परेको हो । उनले लगाएका कपडा खाल्डो छेउमा फेला परेको छ ।

बिहीबार बेलुका ७ बजे शव फेला परेको प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए । शवको प्रकृतिले घटना शंकास्पद देखिएको र अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक शर्माले बताए ।