कोशीका मुख्यमन्त्री कार्कीले शपथ लिंदै, मन्त्रिपरिषद् विस्तार आजै गर्ने तयारी 

विराटनगर - कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।
प्रदेश प्रमुखको कार्यालयले आज दिउँसो दुई बजे शपथ ग्रहणको कार्यक्रम रहेको बताएको छ ।

कांग्रेस विद्रोही समूहका ८ र नेकपा एमालेका ३९ जनाको समर्थनमा शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए ।
मुख्यमन्त्री कार्कीले आजै आफूलाई सहयोग गर्ने नेकपा एमाले र कांग्रेस विद्रोही समूहलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।