चीन र भारतसँग नेपालले समान व्यवहार गर्नुपर्छ : रामहरि खतिवडा

काठमाडौं - नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले दुवै मित्रराष्ट्र चीन र भारतसँग राम्रो सम्बन्ध राखेर नेपाल अघि बढ्नुपर्ने बताएका छन् ।

आज शुक्रबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद खतिवडाले भारतसँग खुल्ला सीमा, रितिरिवाज समान भए पनि चीनसँग पनि समान व्यवहारका साथ अघि बढ्नुपर्ने बताएका हुन् ।

त्यस्तै, माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा देशको राष्ट्रियता कायम गर्दै महत्वपूर्ण छलफल हुने बताए । उनले क्रसबोर्डर कनेन्टीभिटी, व्यापार पारवाहनका क्षेत्रमा चीनसँग महत्वपूर्ण समझदारी बन्ने आशा व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभा र त्यसपछि चीनको भ्रमणका लागि शनिबार त्यसतर्फ प्रस्थान गर्दैछन् ।