शिक्षा ऐन छिटो निर्माण गर्न कोअर्डिनेट गर्नमा मेरो भूमिका रहनेछ : मन्त्री भट्टराई

काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा ऐन छिटो निर्माण गर्न कोअर्डिनेट गर्नमा मुख्य भूमिका रहने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

आज मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले यस्तो प्रतिबद्धता जनाएकी हुन्। उनले शिक्षा मन्त्रालयको नामअनुसार काम गर्दै जाने र यसमा साथ सहयोग गर्न सबै कर्मचारीहरूसँग आग्रह गरिन्।

‘म शिक्षा क्षेत्रमा धेरै समय काम गरेको छु तर म मन्त्री भए भन्दै एक्लै कुदेर त्यो लक्ष्यमा पुगिँदैन, सबैको जुझारुपन आवश्यक छ, समन्वय गर्दै अघि बढ्ने हो,’ उनले भनिन्।