प्रतितोलामा दुई सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा दुई सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला रु एक लाख ४६ हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ४६ हजार नौ सय मूल्य निर्धारण भएको छ ।

त्यस्तै सुनको मूल्य आजका लागि रु एक लाख ४६ हजार दुई सय निर्धारण भएको छ । त्यस्तै, प्रतितोला १० ले वृद्धि भएको चाँदीको मूल्य आज रु एक हजार आठ सय ८५ निर्धारण गरिएको छ ।